नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण नियमावली जारी गरेको छ । यसअघि प्रचलनमा रहेको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’लाई खारेज गरेर ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गरिएको हो ।
नयाँ विनियमावलीअनुसार अब विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न कम्पनीको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्नेछ।
नयाँ विनियमावलीअनुसार अब विनियम ४ को उपविनियम (२) बमोजिम निवेदन दिने कम्पनीले विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न न्यूनतम २५ करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्नेछ। यसबाहेक अन्यको हकमा न्यूनतम १० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
विनियमावलीमा बैंक तथा वित्तीय संस्थाबाहेकका कम्पनीलाई इजाजत प्रदान गर्ने, बैंक तथा वित्तीय संस्थालाई इजाजत दिनेसम्बन्धीलगायतका विषयमा स्पष्ट गरिएको छ ।






