सप्तरीमा सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मृतकका परिवारका अनुसार सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा रामदेवले आत्महत्या गरेका हुन् ।
सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट गरी एक लाख रुपैयाँ ऋण लिएका उनी किस्ता तिर्न नसक्दा तनावमा रहेका रामदेवले आत्महत्याको बाटो रोजेको परिवार स्रोतको दाबी छ । मृतक रामदेवका श्रीमती र दुई छोरा छन् ।







