

बैकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले ७ दिने अवधिको रिभर्स रिपो जारी गर्न लागेको हो।
तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो। जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय माघ १९ गतेलाई तोकिएको छ।
रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने छ । परेको बोलकबोलबाट भारित औषतमा ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन (Mop up) गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो ।
Artha Sanjal
अर्थ सन्जाल