स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्डका लागि सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन्।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइ बनेको माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ।

सम्झौतापश्चात माछापुच्छ्रे बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन्। यसका साथै एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *