कारोबार रकमसंगै नेप्से ५.९२ अंकले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि घटेको छ । केहि दिनदेखि निरन्तर ओरालो लागेको नेप्से आज पनि सामान्य अंकले घटेको हो ।  आज नेप्से ५.९२ अंकले घटेर दुई हजार ८ सय १४ दशमलब ७४ विन्दुमा रोकिएको हो । सोमबार नेप्से १००.१० अंकले घटेर दुई हजार ८ सय २० दशमलब ४१ विन्दुमा रोकिएको थियो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भएको छ । सोमबार ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *