

नबिल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम् ९.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको हो ।
बैंकको मुद्दती निक्षेपमा नौ प्रतिशतदेखि अधिकतम् ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो ।
बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने कर्जामा अकितम् ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९.४५ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.०३ प्रतिशत रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल