प्राइम कमर्सियल बैंकको एजीएमबाट लाभांश पारित

आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।

बैंकले काठमाण्डौको बबरमहल स्थित कार्की ब्यांक्वेटमा सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।

सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको चुक्तापुँजीको ४.९५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर दिने निर्णय पनि सभाले स्वीकृत गरेको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी १९ अर्ब ४० करोड रुपैयाँभन्दा बढी हुनेछ।

बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक पद २ मा  प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *