माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २४ औं सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।

सो सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने.गाभिने वा मर्जरमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका अलावा गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरेको छ ।

माछापुच्छ्रे बैंकको संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकमा उपेन्द्र महतो, रोशन केसी, हरिभक्त सिग्देल निर्विरोध चयन भएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *