करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ को विजेता

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *