द ब्रिटिस कलेज र उपकेयर हेल्थबीच प्राथमिक हेल्थकेयर उपलब्ध गराउने सम्झौता

द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ।

सम्झौताअनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरुलाई प्राथमिक हेल्थकेयर उपलब्ध गराउनेछ। बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रुपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ।

यो संस्था ब्रिटिस चिकित्सक र इन्जिनियरहरुले समतामूलक, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन्। उपकेयरले बिरामी–केन्द्रित र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत संचालित डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ।

यो सम्झौतअनुसार द ब्रिटिस कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध हुनेछ। उनीहरुलाई प्राथमिक स्वास्थ्य सेवासम्बन्धि सुविधाहरु व्यावसायिक स्वाथ्यकर्मीहरुबाट मिल्नेछ।

यस प्लेटफर्मबारे जानकारी दिँदै प्रमुख चिकित्सा अधिकारी र उपकेयर हेल्थका सह–संस्थापक डा नाथले भने, ‘दुर्भाग्य भन्नुपर्छ, नेपाल र अन्य दक्षिण एसियाली देशमा प्राथमिक स्वास्थ्य सेवालाई महत्वका साथ हेरिँदैन। ९० प्रतिशत स्वास्थ्य समस्याहरु प्राथमिक स्वास्थ हेरचाहबाट नै समाधान गर्न सकिन्छ। आम मानिसहरुलाई कसरी स्वस्थ, सुखी जीवन बिताउन सकिन्छ त्यस कार्यमा हामी काम गर्दै आइरहेका छौँ।’

ब्रिटिस कलेजसँगको सम्झौताबारे बोल्दै उपकेयर हेल्थकेयरकी सीईओ र सहसंस्थापक डा। सुमित्रा काफ्ले भन्छिन्, ‘ब्रिटिश कलेजसँग काम गर्न पाउँदा हामी निकै उत्साहित छौँ। पहिलो भेटमा नै विद्यार्थी र कर्मचारीहरुको समग्र स्वास्थ्य सेवालाई लिएर कलेज प्रतिवद्ध रहेको हामीले पायौँ। आमाबाबुका आफ्ना सन्तानका लागि दुईवटा कुराहरु राम्रो शिक्षा, राम्रो शारीरिक र मानसिक स्वास्थ्य महत्वपुर्ण ठान्छन्। अब ब्रिटिश कलेजले अभिभावकहरूलाई यो विश्वास दिलाउनेछ।’

ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरु र कार्यरत कर्मचारीहरुलाई स्वास्थ वातावरण निर्माण गर्नका लागि नियमित रुपमा विभिन्न कम्पनीहरुसँग सम्झौता गर्दै आइरहेको छ। विद्यार्थीहरुका लागि नयाँ सम्भावनाहरु अगाडि बढाउन कलेजले विभिन्न क्षेत्रसँग हातेमालोसमेत गर्दै आइरहेको छ। ब्रिटिस कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले भने, ‘युनिभर्सिटी प्राइमरी हेल्थकेयर बेलायतमा अध्ययन गर्ने विद्यार्थीका लागि सुनौलो मापदण्डको प्रावधान हो। हामी आफैँले पनि यो सम्झौतामार्फत हाम्रा विद्यार्थीहरुलाई ब्रिटिस अनुभव दिने प्रतिबद्धता गरेका छौँ। यसका लागि उपकेयरबाहेक अर्को विकल्प हुनसक्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *