नेप्सेमा थपियो ३७ लाख ५० हजार कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३७ लाख ५० हजार कित्ता सेयर थपिएको छ। नेप्सेमा एनसीसी बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको ३७ लाख ५० हजार सेयर सूचीकृत भएको छ।

एनसीसी बैंकले आर्थिक वर्ष २०७८–७९का लागि कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश थिए । सो ३.३६६३ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *