अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सहकारीमार्फत् व्यावसायिक कृषिमा जमेको जोडी

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी ९२६०ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छन् । उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन् ।

करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा बाँधिएको यो जोडीले बिहेलगत्तै व्यावसायिकरुपमा कृषि सुरु गरेको थियो ।

“परिवार विगतदेखि कृषिमा भए पनि व्यावसायिक रुपमा भने काम भएको थिएन”, सुस्माले भनिन्, “बिहे भएपछि भने काम सुरु गरेका हौँ ।” उनिहरुले व्यावसायिक खेती सुरु गर्नका लागि स्थानीय स्तरमा सञ्चालित सिजर्नशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिएका थिए । सहकारीबाट लिएको ऋणबाटै अहिले उनिहरु तरकारी खेती र कुखुरापालन गरिरहेका छन् ।

सुस्मा तरकारीखेतीमा बढी ध्यान दिन्छन् भने बीरेन्द्र कुखुरापालनमा बढी समय खर्चन्छन् । “सुरुमा मौसमी तरकारीखेती मात्रै गर्ने गर्दथ्यौँ, बेमौसमी तरकारीखेती गर्न आउदैनथ्यो”, सुस्माले भनिन्, “तर अहिले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेका छौँ, बेमौसमी तरकारी उत्पादनका लागि सिर्जनशील सहकारीबाट सञ्चालित किसान परियोजना र युएसएआइडी नामक संस्थाले तालिम दिएको थियो ।”

तालिमका कारण तरकारीखेतीमै आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको उनिहरुको भनाइ छ । तरकारीखेती सुरु गर्दा करिब ५० हजार मात्रै लगानी सुस्माले सुनाइन् ।

“सुरुमा त लगानी नै लागेन तर बेमौसमी तरकारीखेती सुरु गरेपछि ५० हजार जति लगानी लाग्यो”, उनले भनिन्, “अहिले बारीमा टमाटर, खुर्सानी, काउली, बन्दा र प्याज छन् । काँक्रा र बोडी भने भर्खर उम्रिरहेका छन् ।”

उनले काँक्रा र बोडीका लागि आफैँले तीन वटा टनेल बनाएका छन् । तरकारी बिक्री वितरणको जिम्मा भने श्रीमान बीरेन्द्रले लिएका छन् । “खुद्रा खरिद गर्ने मानिस त घरमै आउने गर्छन्”, सुस्माले भनिन्, “थोक बिक्रीका लागि भने अत्तरिया लैजानुपर्छ, जुन काम श्रीमान्ले गर्छन् ।” उनले दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेको बताइन् ।

बीरेन्द्रले कुखुरापालनबाट अण्डा पनि बिक्री गर्ने काम गर्छन् । विसं २०७७ वैशाखमा हालेका बोभेन ब्राउन जातको कुखुराबाट मासिक रु ४० हजारभन्दा बढी कमाउने गरेको बीरेन्द्रले सुनाए ।

“यो जातका कुखुराको उमेर दुई वर्षको हुन्छ, मैले हालेको दुई वर्षभन्दा बढी भइसक्यो”, उनले भने, “यसबाट अहिले दैनिक आठ सयदेखि आठ सय ५० जति अण्डा उत्पादन भइरहेका छन्, सो अण्डाबाटै मैले आम्दानी गर्ने गर्दछु ।”

उनले अण्डाको बिक्रीवितरण दैनिकरुपमै गर्ने गरेको बताए । उनले अण्डा बिक्रीका लागि भने अत्तरिया नभई राजपुर र मनेहरा जाने गरेको सुनाए ।

बीरेन्द्रले अण्डा मात्रै नभई तरकारी पनि आफैँले बजार पु¥याउछन् । सुस्माले उत्पादन गरेको तरकारी अत्तरिया बजार पु¥याएर आफू अण्डा बिक्रीका लागि अर्को बजार जाने गरेको उनले बताइन् ।

“छ जनाको परिवार छ, सबैको पालनपोषण यहीँबाट भएको छ”, उनले भनिन्, “व्यावसायिकरुपमा कृषि काम गर्दा नोक्सान बेहोर्नु पर्दैन भन्ने कुराको ज्ञात भएको छ ।”

सहकारीबाट सुरुवाती चरणमा रु पाँच लाख ऋण लिएर व्यवसाय सुरु गरेका सुस्मा र बीरेन्द्रको जोडीले अहिले मासिक रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आइरहेका छन् । उनिहरुले आफ्नै आठ कट्ठा जमिनमा कृषि काम गरिराखेका छन् ।

सुरुदेखि नै तरकारीखेती गर्नुभएकी सुस्माले फार्म खोलेको छैन । उनले फार्मबिना नै कृषि काम गरिराखेका छन् । तर बीरेन्द्रले भने आशीष पोल्ट्री फार्ममार्फत् कुखुरापालन गरिराखेका छन् ।

कुखुराको बीमाका लागि भए पनि कृषि फार्म खोल्नुपरेको उनले बताइन् । करिब ११ लाख लगानी भएको कुखुरापालन व्यवसायलाई निरन्तरता दिइ फेरि कुखुरा थप्ने योजना बीरेन्द्रले सुनाए । “दानाको मुख्य अकासियो, चल्ला पनि मर्छन्”, उनले भने, “तर अण्डाको भाउ बढ्न सकेको छैन । अहिले पनि क्रेटको रु तीन सय ५० देखि तीन सय ८० सम्ममा बिक्री गर्ने गर्दछु ।”

यता सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक गौरी चौधरीले महिलाको आर्थिक विकास र उत्थानका लागि नै संस्थाले काम गरिरहेको बताउइन् । “महिला सहकारी हो, महिलाको आर्थिकस्तरमा वृद्धि गरी उनीहरुको आम्दानी कसरी गर्ने र उनीहरुको आथिकस्तर कसरी सुधार्ने भन्ने लक्ष्य रहेका साथ स्थापना भएको हो”, उनले भनिन्, “सोहीअनुसार महिलालाई स्थापनादेखि नै महिलालाई विभिन्न व्यावसायिक काममार्फत् अग्रसर बनाउँदै गएका छौँ ।” उनले अप्ठ्यारोमा महिलाका घरमै गएर त्यस्ता महिलाको जीवनस्तर उकास्न सफल भएको बताइन् ।

उनले संस्थाले महिलालाई विभिन्न व्यावसायिक कामका लागि विनाधितो रु तीन लाखसम्म र धितोमा रु १० लाखसम्म ऋण दिने गरेको बताइन् । उनका अनुसार सहकारीबाट ऋण लिएका करिब दुई सय जना महिलाले अहिले पनि विभिन्न किसिमका व्यावसायिक काम गर्दै आएका छन् ।

उनले महिलाका लागि संस्थाबाट मात्रै नभई अन्य विभिन्न निकायबाट पनि सहयोगका लागि पहल गर्ने गरेको बताइन् । उनले संस्थाको सुरुवाती चरणमा तरकारी नै नदेखिने ठाउँमा पनि अहिले व्यावसायिकरुपमा तरकारीखेती भएको देख्दा खुसी लाग्ने गरेको बताइन् ।

सुस्मा र बीरेन्द्र दुवैले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । विवाहपछि घरपरिवारको जिम्मेवारी थपिँदा दुवैले पढाइ छोडेर कृषिलाई अँगालेको हो । हाल कृषिमै लगाएको मेहनतले नै उनिहरुलाई व्यावसायिकरुपमा उत्कृष्ट किसान बनाएको छ । रासस

Artha Sanjal
मिती : ५ पुष २०७९, मंगलवार १८:२८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला

सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर

एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै

ताजा समाचार

  1. आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला
  2. सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर
  3. एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य
  4. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै
  5. स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल
  6. कर्जा प्रवाहमा संकुचनले बजारमा रकम अभाव
  7. घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.