आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा

मर्जर प्रयोजनका लागि रोक्का रहेको आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भोलि मंगलबारबाट कारोबार गर्न सक्ने गरी लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ।

नेप्सेले लघुवित्तको आधारभूत सेयरधनीबाहेको सेयर कारोबार फुकुवा गरेको हो ।

आँधिखोला र सिवाईसी लघुवित्त मर्जर प्रक्रियामा छन्। मर्जरको प्रारम्भिक सम्झौता गरेसँगै नेप्सेले आँधिखोला लघुवित्त सेयर कारोबार गत असार २३ गतेबाट रोक्का गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *