सेयर बजारमा झिनो अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ बिन्दुमा उक्लिएको छ ।

यस दिन सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ३६३.९७ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *