राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल स्थित शाखा कार्यालय चापागाउँ विस्तार गरेको छ। उक्त शाखाले सोमबारबाट कारोबार शुभारम्भ गरेको हो ।
हाल बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।अहिले सम्म वाणिज्य बैंकको सात प्रदेश, ७७ जिल्लामा गरि जम्मा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा छन् ।







