

नेपाली बजारमा (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन। आज छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँ नै कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल