

कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर बजारमा गिरावट देखिएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से २२.८१ अंकले घटेर १८९४.४७ बिन्दुमा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.६४ अंकले घटेर ३६९.०१ बिन्दुमा पुगेको छ ।
कारोबार २ दुई घन्टाको अवधिमा २४२ कम्पनीको १३ लाख ३३ हजार १०३ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ करोड १२ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ।
Artha Sanjal
अर्थ सन्जाल