सेयर बजार अपडेट, दुई घन्टामा २२.८१ अंकले घट्यो नेप्से

कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर बजारमा गिरावट देखिएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से २२.८१ अंकले घटेर १८९४.४७ बिन्दुमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.६४ अंकले घटेर ३६९.०१ बिन्दुमा पुगेको छ ।

कारोबार २ दुई घन्टाको अवधिमा २४२ कम्पनीको १३ लाख ३३ हजार १०३ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ करोड १२ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *