अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एकपछि अर्को सहकारी समस्याग्रस्त बन्दै, बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा

विभाग भन्छ- 'बाँधेर राख्न मिल्दैन'

  • अर्थ सन्जाल
  • १९ मंसिर २०७९, सोमबार १२:५८


भविष्यमा अथवा आपतविपतमा काम लागोस् भनेर मानिसहरु आफ्नो कमाइको थोरै भएपनि बचत गर्ने गर्छन् । ब्याज पनि पाइने सुरक्षित पनि हुन्छ भन्ने विश्वासका साथ मानिसहरु बैंक तथा वित्तीय संस्थाहरुमा बचत गर्ने गर्छन् ।

बैंक तथा वित्तीय संस्थामा आफैँ बचत गर्न पुग्नुपर्ने हुँदा सहकारीतर्फ मानिसहरु बढी आकर्षित छन् । घर अथवा आफ्नो व्यवसाय सञ्चालन गरेकै ठाउँमा बचत संकलन गर्न आइपुग्ने अनि स-साना रकम पनि बचत गर्न सकिने हुँदा पनि यसतर्फ मानिसको आकर्षण बढेको हो ।

बचत पनि हुने ब्याज पनि पाइने अनि समयको पनि बचत हुने अपेक्षाले सहकारीमा आफ्नो कमाइको थोरै हिस्सा भएपनि दैनिक रुपमा बचत गर्नेको संख्या धेरै छ ।

तर पछिल्लो समय सहकारीहरु समस्यामा पर्न थालेसँगै बचतकर्ताहरुमा त्रास देखिन थालेको छ । एक पछि अर्को सहकारी समस्यामा पर्न थालेपछि सहकारीका बचतकर्ताहरु अर्बौंको बचत जोखिममा पर्न थालेको छ ।

किन बन्दैछ सहकारी असुरक्षित ?

पछिल्लो समय सहकारी संस्थाहरुमा ठगीको समाचारहरु बाहिरिने क्रम बढेको छ  । ‘गाउँ-गाउँमा सहकारी, घर-घरमा भकारी’ भन्ने नाराका साथ खुलेका सहकारीहरु नै असुरक्षित हुने क्रम दिनानुदिन बढ्दो छ । सञ्चालकहरुले नै मनोमानी रुपमा सहकारीको पैसा चलाएर सहकारी डुबाएको समाचार अबको दिनमा नौलो बन्न छाडिसक्यो ।

सहकारी सञ्चालकहरुमा बढी महत्वाकांक्षा हुँदा ठगी बढिरहेको छ । सहकारीहरुले सर्वसाधारणले बचत गरेको पैसा अनुत्पादक क्षेत्रमा लगानी गरिरहेकाले पनि जोखिम बढ्दो छ । धेरै कमाउने लोभका कारण सञ्चालकहरुले बचतकर्ताबाट संकलन भएको पैसा आफूखुसी लगानी गरिरहेका हुन्छन् । लगानी फिर्ता नआउँदा बचतकर्तालाई भनेको समयमा रकम फिर्ता गर्न सक्दैनन् । सहकारीहरुले झण्डै ९० प्रतिशतभन्दा बढी लगानी घरजग्गा, सेयर, सवारी, अनुत्पादक क्षेत्रमा भएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

के भन्छ सहकारी विभाग ?

अधिकांश सहकारीहरूमा गरिने बचत सुरक्षित नै हुने गरे पनि केही सहकारीमा समस्या देखिने गरेको सहकारी विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय बताउँछन्।

तर नियामक निकायको निगरानी र कानुनी संरचनाका दृष्टिले भने सहकारीहरूमा हुने बचत बैंकमा जति सुरक्षित भने नहुने उनले बताउँछन् ।

उनी सहकारीहरूको आर्थिक स्वास्थ्यबारे अध्ययन गरेर मात्रै बचत गर्न बचतकर्ताहरूलाई सुझाउँछन् ।

उनी भन्छन्, “सहकारीहरूले साधारणसभा समयमा गरेको छ कि छैन । उनीहरुले केमा लगानी गरिरहेको छन् ? वित्तीय स्थिति के छ ? त्यो ख्याल गरेर मात्र सहकारीमा बचत गर्नुपर्‍यो । सहकारीमा बचतकर्ता आफैँ त्यसको मालिक हुन् । बेलाबेला संस्थाप्रति खबरदारी पनि गर्नुपर्छ ।”

अहिले कतिपय सहकारी संस्थाहरु बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । आपत, विपतका काम लाग्ला भनेर बचत गरेको रकम नै चाहिएको बेलामा फिर्ता नपाउँदा बचतकर्ताहरु हैरान बनेका छन् । अहिले सहकारीलाई पूर्ण विश्वास गर्ने आधार नभएको बचतकर्ताहरू बताउँछन् ।

सहकारीमा प्रभावकारी नियमन तथा सुपरिवेक्षण अभाव छ । जसका कारण  सहकारीहरुमा समस्या बढ्दो छ । नियमनकारी निकाय सहकारी विभागले सहकारी संस्थाका सदस्यहरु बचत फिर्ता गर्न माग गर्दै उजुरी दिन विभाग पुगेपछि मात्र संस्थाको बारेमा जानकार हुन्छन् । सहकारीमा देखिएका समस्याको समाधानको बारेमा विभागसँग न त  स्पष्ट धारणा नै छ, न त नियमनमा कडाइ नै । सहकारी संस्थाहरुको अनुगमन समेत नहुँदा बचतकर्ताको अर्बौं रकम डुब्ने जोखिम बढेको छ ।

प्रभावकारी नियमन नहुदा ठगि गर्नेको संख्या बढ्यो : केबी उप्रेती ,अध्यक्ष सहकारी बैंक

पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा बढेको कारण पनि सहकारीहरुमा समस्या बढी देखिएको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती बताउँछन् । बैंकहरुले ब्याजदर बढाउँदा सहकारीबाट निक्षेप झिक्नेको संख्या बढ्दा पछिल्लो समस्या देखिएको उनी बताउँछन् ।

सहकारीको संख्या बढी हुनु र नियमन गर्ने अधिकार पाएकाहरुले प्रभावकारी रुपमा नियमन गर्न नसक्नुका कारण केही सहकारीहरूले ठगि गर्ने गरेको उप्रेती स्वीकार्छन् ।

‘यति धेरै सहकारी संस्था छन् । ३५ हजार हाराहारी सहकारीमध्ये एक दुई वटाले बदमासी गरेका छन् । यसमा नियमनकारी निकाय पुग्न सक्नु र व्यवस्थित गर्न नसक्नु प्रमुख कारण हुन् । यस्तो समस्या बैंक तथा वित्तीय संस्थामा पनि देखिने गरेका छन् । अलिअलि समस्या आउनु स्वाभाविक हो । नियमन प्रभावकारी भएको छैन ।’

सहकारीहरुलाई राम्रो मार्गदर्शन गर्न, नीतिनिर्माणमा कमीकमजोरी हुनु र समस्या पहिचान गर्न नसक्नुले पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या बढेको उनले बताए ।

कति छन् सहकारी ?

सहकारी विभागका अनुसार देशभर ३४ हजार ५१२ सहकारी संस्था संचालनमा छन्। ति संस्थाहरुमा ३ खर्ब २ अर्ब बचत संकलन भएको छ भने २ खर्ब ७३ अर्ब ऋण प्रवाह गरेका छन् । स्थानीय तह, प्रदेश सरकार र सहकारी विभागले नियमन गर्नेगरी कानुनी व्यवस्था गरिएको छ।

विभागले समय-समयमा सहकारीहरूको अनुगमन गरेर प्रतिवेदन तयार गर्ने तथा कमजोर व्यवस्थापन रहेका सहकारीहरूलाई सुधार गर्न निर्देशन दिने गरेको छ।

तर विभागसँग सबै सहकारीहरूको नियमन र अनुगमन गर्ने क्षमता र जनशक्ति पर्याप्त छैन। सहकारीहरुलाई बैंक तथा वित्तीय संस्था जस्तै गरी नियमनमा राख्न नसकिने विभाग नै स्वीकार गर्छ ।

ठूला भनिएका यी सहकारी नै समस्याग्रस्त

ठूला र बलिया भनिएका सहकारी संस्थाहरुमा नै समस्या देखिन थालेपछि बचतकर्ताहरुले सहकारीप्रति विश्वास गर्न छाडेका छन् ।

सिभिल सहकारी, ओरियन्टल कोअपरेटिभ, आईएमई कोअपरेटिभ सर्भिस, गौतम श्री बहुउद्देश्यीय सहकारी, बराह सहकारी, देउराली सहकारी,  कान्तिपुर सहकारी, कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ  र लालिगुरास सहकारीहरु टाट पल्टिँएका छन् । यी सहकारीमा बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ। यी त प्रतिनिधि उदाहरण मात्र हुन् ।

पछिल्लो समय एकपछि अर्को सहकारी डुबेको समाचार दिनहुँजसो सञ्चारमाध्यममा आउने गरेका छन् । एकातर्फ नियमनमा कडाइ नहुनु र अर्कोतर्फ सञ्चालकहरुले सहकारीको पैसा मनोमानी रुपले चलाउनुले गर्दा धेरै सहकारी संस्थाहरु टाट पल्टिएका छन् ।

यी हुन् समस्याग्रस्त ११ सहकारी

सरकारले २० कात्तिक ०७४ मा ओरियन्टल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसपछि स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था र स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभलाई ०७५ असार १८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।

त्यस्तै, सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई ०७५ फागुन १९ गते र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थालाई ०७६ साउन १२ गते समस्याग्रस्त घोषणा गरेको हो।

अघिकांश सहकारी राम्रो नै भए पनि केही सहकारीहरु भने स्वार्थलिप्त हुँदा बचतकर्ताको अर्बौ रुपैयाँ जोखिममा परेको छ ।

Artha Sanjal
मिती : १९ मंसिर २०७९, सोमबार १२:५८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

दूधको मूल्य बढाउन माग

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

ताजा समाचार

  1. माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत सम्म छुट
  2. महालक्ष्मी विकास बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न
  3. लगातार घट्यो सेयर बजार : मंगलबार १५.७४ अंकको गिरावट
  4. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार
  5. अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
  6. शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने
  7. गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विजनेश फोकस

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको नाफासँगै अघिकांश सूचकमा...

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अद...

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.