केवाईसी नभर्नेको खाता बन्द गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले प्रचलित कानुनबमोजिम ग्राहक पहिचान (केवाईसी) सम्बन्धी प्रावधानहरु पालना हुन सक्ने व्यक्तिको खाता नखोल्न र खोलेको भए बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।

‘प्रचलित कानून बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ । यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद कारोबार-गतिविधी प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागि त्यस्तो ग्राहकको पहिचान प्रक्रिया अगाडि बढाउँदा शंका गरेको विषय ग्राहकले आभाष हुने देखिएमा संस्थाले ग्राहक पहिचान प्रक्रिया अगाडि नबढाई शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेस गर्नुपर्नेछ। यसअघि एकीकृत निर्देशनमा यस्तो व्यवस्था थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *