सिभिल बैंकले नवौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनायो

सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ ।

बैंकले वार्षिकोत्सवको मौका पारेर सामाजिक उत्तरदायित्व कार्यक्रमहरु अन्तर्गतका बैंकले आफ्नो सिभिल ट्रेड सेन्टर स्थित मुख्य शाखामा आज तथा वार्षिकोत्सवको दिन देखि एक महिनाभित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।  यस्तै बैंकका ३६ शाखाहरु मार्फत सरकारी विद्यालयहरुमाकक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

व्यास नगरपालिकालाई बैंकको दमौलीशाखाको उद्घाटन समारोहमा ५० थान डस्टविन प्रदान  गरिएको छ । त्यसै गरी लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरिएको छ । यसैगरी श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा १ थान प्रिन्टर प्रदान गरिएको छ । उसैगरी चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि रु २५,००० को चेक प्रदान गरिएको छ ।

बैंकले असहाय सेवा केन्द्र नेपाललाई बैंकले दृस्टीविहिनहरुको लागि १०० थान विशेष छडी प्रदान गरेको छ । यस्तै, श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । बैंकले पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई वर्षभरीको लागि खाद्यान्न प्रदान समेत गरेको छ । साथै नारायण प्राथमिक विद्यालय, विराटनगरका ५० विद्यार्थीलाई स्कूल ड्रेसप्रदान गरिएको छ ।

बैंकले आफ्नो वार्षिकोत्सव दिन पारेर  निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखाको उद्घाटन गरेको छ  । त्यसै गरी बैंकले तीन शाखाहरु निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखासंचालनमा ल्याएको छ ।

दमौली शाखाको उद्घाटन बैंककाअध्यक्ष ई इच्छा राज तामाङ्गले गरे । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि ब्यास नगरपालिका मेयर बैकुण्ठनाथ न्यौपाने, ब्यास महानगरपालिका उप-मेयर मिरा जोशी, सिभिल बैंकका संचालक प्रकाश तायल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल प्रहरीका उपरीक्षक विनोद शिलवाल, तनहुँ युवा संघका अध्यक्ष मानकाजी श्रेष्ठ, आदिकवी भानुभक्त क्यामपसका प्रमुख महाप्रसाद हदखाले, सिभिल बैंकका गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

कार्यक्रम सभापति तथा सिभिल बैंकका अध्यक्ष तामाङ्गले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । यस भेगका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे । सोही समारोहमा सिभिल बैंकका अध्यक्ष ई इच्छा राजतामाङ्गले प्रमुख अतिथि तथा ब्यास नगरपालिका मेयर बैकुण्ठ नाथन्यौपानेलाई ५० थान डस्टविन पनि हस्तान्तरण गरेका थिए । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमाजोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए ।

नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समानमासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभपाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या ७६ पुगेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *