प्रतिनिधिसभा समानुपातिकतर्फ अग्रस्थानमा रहेको नेकपा एमाले २० लाख मत कटाएको छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा रहँदै आएको एमालेले अहिले (शनिबार अपरान्ह ४ बजे) सम्म २० लाख ३२ हजार २३३ प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ६३ हजार ५८५ पुर्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुरुवाती अग्रता तोडेर अगाडि लागेको माओवादी केन्द्रले ८ लाख ७३ हजार ९०६ मत पाएको छ । चौथो स्थानमा रहेको रास्वपाले ८ लाख ४२ हजार ७२१ मत पाएको छ ।
यस्तै पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४७ हजार ७९६, छैटौं स्थानको जसपा नेपालले २ लाख ४१ हजार६७१, सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १ लाख ८७ हजार ५२९ मत पाएको छ ।
नागरिक उन्मुक्ति पार्टी आठौं स्थानमा छ । उसले १ लाख ७४ हजार २३७, नवौं स्थानमा रहेको जनमत पार्टीले १ लाख ७० हजार १४० र दशौं स्थानको लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १ हजार ७५२ मत पाएको छ । ११ औं स्थमान नेपाल मजदुर किसान पार्टी छ । उसले अहिलेसम्म ६४ हजार १८७ मत पाएको । यीबाहेक अन्यले सकैले पनि ५० हजार कटाउन सकेका छैनन् ।






