

लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशतले बोनस सेयर रहेका छन्।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल