कुमारी र एनसीसी बैंक समान रेसियोमा मर्ज हुने

कुमारी बैंक र एनसीसी बैंकबीच समान रेसियोमा मर्ज हुने भएका छन् । यी दुई बैंकबीच्ज मर्जर प्रयोजनका लागि १:१ सेयर स्वाप रेसियो निर्धारण गरिएको हो ।

दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। सोही समझदारीका आधारमा गठित संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न मूल्यांकनकर्ताहरु नियुक्त गरिएको थियो।

तिनै मूल्यांकनकर्ताहरुले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी दिएको प्रतिवेदनसमेतका आधारमा संयुक्त मर्जर समितिले १:१ सेयर आदानप्रदान अनुपात निर्धारण गरी सञ्चालक समितिलाई अनुमोदन गर्न सिफारिस गरेका थिए। सोही सिफारिसलाई सञ्चालक समितिको गत मंसिर १ गते बसेको बैठकले स्वीकृत गरेको हो।

कुमारी–एनसीसी बैंकको मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले दसैँअघि नै सैद्धान्तिक स्वीकृति दिइसकेको छ। दुवै बैंकले पुस मसान्तभित्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेका छन्।

May be an illustration of text

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *