आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश गरि कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूंजी एक अरब सत्तरी करोड सोह्र लाख एकाउन्न हजार चार सय बीस रूपैयाको ६.५० प्रतिशतका दरले हुन आउने एघार करोड छ लाख सात हजार तीन सय बयालीस रुपैया र तीस पैसा बरावरको बोनस शेयर एवं उक्त वोनस शेयरमा लाग्ने कर वापत चुक्ता पूंजीको ०.३४ प्रतिशतले हुन आउने रकम अन्ठाउन लाख एक्काइस हजार चार सय उनान्चालिस रुपैया र पाँच पैसा नगद लाभांश सहित जम्मा ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शयरधनीहरुले ले पाउनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *