अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कृषि उपजको आयात घट्यो

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिना अवधिमा गरेका कामको समीक्षा गरेको छ ।

कृषि मन्त्रालयले बुधवार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकमा प्रथम त्रैमासिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेको थियो ।

चालू आवका लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट छुट्याएको थियो । पहिलो त्रैमासिक अवधिमा १३ अर्ब २० करोड रुपैयाँ बराबर बजेट खर्च भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । यो अवधिमा मन्त्रालयले चालूतर्फ १३ अर्ब ८ करोड २ लाख ३८ हजार र पुँजीगततर्फ १२ करोड ४९ लाख ८९ हजार बराबर मात्रै खर्च गरेको प्रथम त्रैमासिक समीक्षा प्रतिवेदनमा देखिन्छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा कृषि उपजको आयात ३२ प्रतिशतले घटेको छ । ‘चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ६९ अर्ब १६ करोड बराबरको कृषि उपज आयात भएको छ । जबकि गत आवको पहिलो त्रैमासिक अवधिमा १ खर्ब १६ करोड बराबरको कृषि उपज आयात भएको थियो,’ मन्त्रालयको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयको गत आर्थिक वर्षसम्ममा फछ्र्योट हुन बाँकी रहेको बेरुजु ८ अर्ब २० करोड ४७ लाख ७७ हजार रहेको थियो । पछिल्लो ३ महिनामा ९२ करोड ७३ लाख ४६ हजार फछ्र्योट भएर अहिले ७ अर्ब २७ करोड ७४ लाख ३१ हजार बेरुजु कायम रहेको पनि मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयमा आएका ४६ दशमलव ७३ प्रतिशत गुनासो फछ्र्योट भएका छन् ।

स्वीकृत वार्षिक कार्यक्रम र बजेटको त्रैमासिक विभाजनमा फरक पर्दा निकासामा समस्या भएकाले बजेट खर्च कम देखिएको पनि मन्त्रालयले जनाएको छ । ‘पूरक अनुदान कार्यक्रमअन्तर्गत विभिन्न समूह र सहकारीबाट भुक्तानीका लागि कागजात पेश हुन नसक्नु, कर्मचारी अभाव, निर्वाचन आचारसंहिता लगायत कारणले बजेट खर्च लक्ष्यअनुरूप हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

चालू आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न १५ अर्ब निकासा भएकोमा असोज मसान्तसम्ममा १० अर्ब ७७ करोड बराबरको मल आयातका लागि रकम निकासा भइसकेको पनि मन्त्रालयले जनाएको छ । पहिलो त्रैमासिक अवधिमा कूल २ लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्नका लागि ठेक्का लगाइएकोमा ९७ हजार मेट्रिकटन रासायनिक मल आयात भइसकेको र ५४ हजार ७६६ मेट्रिकटन बिक्री समेत भइसकेको छ ।

हाल कृषि सामग्री कम्पनी लिमिटेडसँग ४६ हजार ७७१ मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग १९ हजार ७१५ मेट्रिकटन गरी कूल ६६ हजार ४८७ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

उखु किसानलाई उखु उत्पादन अनुदान विरतण गर्न विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा ७३ करोड ८७ लाख ४७ हजार बजेट हस्तान्तरण भइसकेको पनि मन्त्रालयले जनाएको छ । उखुका लागि प्रतिक्विन्टल ५२० न्यूनतम समर्थन मूल्य तोकिएको छ भने सरकारले प्रतिक्विन्टल ७० अनुदान उपलब्ध गराउने गरेको छ । कृषि बीमा प्रिमियम शूल्क अनुदानबापत चालू आर्थिक वर्षका लागि १६ करोड विनियोजन भएकोमा असोज मसान्तसम्ममा ७८ लाख १४ हजार बराबर भुक्तानी भएको छ । रासस

Artha Sanjal
मिती : २ मंसिर २०७९, शुक्रबार २०:०२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै

स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

कर्जा प्रवाहमा संकुचनले बजारमा रकम अभाव

ताजा समाचार

  1. एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य
  2. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै
  3. स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल
  4. कर्जा प्रवाहमा संकुचनले बजारमा रकम अभाव
  5. घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
  6. हुन्डीबाट कारोवार हुदा भारुको नेपाली मूल्य घट्यो, माग भन्दा आपूर्ति बढी
  7. मन्त्रालय फुटाएर २५ पुर्याउदै प्रचण्ड, १५ करोड आर्थिक भार थपिने

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.