


काठमाडौं । लामो समय पछि खुलेको बजारले समान्य बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अकंले बढेर १८५३.४८ बिन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५० अंकले घटेर ३५६.५४ को विन्दुमा पुगेको छ।
सोमबार २८४ कम्पनीको ३३लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ९ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ०.२०प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको ०.३२ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज हिमालयन डिष्टीलरीको ७ करोड ३६ लाख रुपैयाँ, सोल्टी होटलको ६ करोड ८४ लाख रुपैयाँ र सोनापुरको ५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल