

हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ६ करोड ५० लाख ५१ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।
गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म कम्पनी ८ करोड ६३ लाख ४७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । गत वर्षको तुलनामा यसको नोक्सानी घटेको हो ।
हाइड्रोपावरले विद्युत् बिक्रीबाट १ करोड ८० लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा यसको उक्त आम्दानी २ करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको वित्तीय खर्च बढेको छ भने विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको छ । हिमाल दोलखाको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ५५ करोड ५८ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७ पैसा नोक्सनमा रहेको छ भने नेटवर्थ ६५ रुपैयाँ २६ पैसा छ ।
अर्थ सन्जाल