नागरिक लगानी कोषको नाफा १७.९९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असोक मसान्तसम्म कोषको नाफामा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कोषको खुद नाफा १७.९९ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सीईटीले १९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कोषको खुद ब्याज आम्दानी ७३.४१ प्रतिशतले बढेर १० करोड १२ लाख रुपैयाँ आर्जनपुगेको छ । अघिल्लो वर्ष कोषले ५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यो अवधिमा कोषको सेवा शुल्क तथा कमिसन आम्दानी २८ करोड १२ लाख रुपैयाँबाट बढेर २९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । कोषको जगेडा कोषको आकार पनि १९ अर्ब ४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४ करोड रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी ४ अर्ब २५ करोड रुपैयाँ रहेको कोषको सेयर प्रिमियम घटेर २८ करोड ३८ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कोषको ईपीएस भने घटेर २१.९० रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २४.१३ रुपैयाँ थियो। कोषको प्रतिसेयर नेटवर्थ बढेर १८९.०५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *