नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ६.५९ अंकले घटेर एक हजार ८ सय ९७ दशमलब ८६ विन्दुमा बन्द भएको हो ।
आज नेप्सेमा एक अर्ब २ करोड ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये ३ समूहको सेयर मूल्य बढेको छ भने बाँकी १० वटा समूहको सेयर मूल्य घटेको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ४३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार तारागाउँ रिजेन्सी र सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यसको आज ८ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।







