नेसनल माइक्रोफाइनान्सको नाफा १०.६७ प्रतिशतले घट्यो, ईपीएस कति ?

नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

असोज मसान्तसम्म आइपुग्दा संस्थाको १०.६७ प्रतिशतले घटेर १० करोड २३ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यही अवधिमा संस्थाले ११ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

सो अवधिमा संस्थाको सञ्चालक मुनाफा पनि १०.६७ प्रतिशतले घटेर १४ करोड ६२ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा १६ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ३५.५२ प्रतिशतले घटेर १५ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी २४ करोड ६५ लाख रुपैयाँ थियो।

प्रथम त्रैमासमा संस्थाले ६ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई ११ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको खराब कर्जा अनुपात (एनपीएल) २.९५ प्रतिशत पुगेको छ।

चुक्तापुँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ४६ करोड १९ लाख रुपैयाँको पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६८.४८ रुपैयाँ कायम भएको छ। गत वर्ष ईपीएस १०६.१८ रुपैयाँ रहेको थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६८.४८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २५९.१६ रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *