अरुण काबेली पावरको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद नाफा २८.०४ प्रतिशतले घटेर ९ करोड ७४ लाख रुपैयाँमा खुम्चिएको छ।
गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्रीको आम्दानी ३.११ प्रतिशतले बढेर २५ करोड ५१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २६ करोड ६९ लाख रुपैयाँबराबरको विद्युत बिक्रीबापत आम्दानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड ८० लाख रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २१.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ३४.१५ रुपैयाँ थियो। पीई रेसियो १८.०१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.६१ रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *