सजिलै पैसा पाउन ‘सानिमा भिसा डाइरेक्ट’ सेवाको सुरुवात

सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘सानिमा भिसा डाइरेक्ट’ सेवा ल्याएको छ। यो सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन्।

विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यम जस्तै– इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ। यो सेवा नवीन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम रहेको छ।

उक्त सेवा बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गरी प्रदान गरेको हो। यो सरल, सुरक्षित र छरिटो सेवा हो। सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्। यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *