७५.९७ प्रतिशतले घट्यो विजय लघुवित्तको नाफा

विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको नाफा घटेको छ ।

समिक्षा अवधिमा कम्पनीले ७९ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७५.९७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

उक्त वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा पनि घटेको हो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३१.८६ प्रतिशतले घटेर ६ करोड ९१ लाख ५४ हजार रुपैयाँमा सिमित भएको छ भने सञ्चालन नाफा ७५.८९ प्रतिशतले घटेर १ करोड १४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *