साताको दोस्रो दिन (सोमबार) सेयर बजारमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव २९ अङ्कले उकालो लागेर १९०४.४५ बिन्दुमा पुगेको छ ।
आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५१ अङ्कले उकालो लागेर ३७५ .०४ मा पुगेको छ ।
यो दिन २२६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर९४ करोड ६० लाख ८९ हजार ५ सय २१ रुपैयाँमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण २७ खर्ब ३९ अर्ब ३१ करोड ७२ लाख ३८ हजार ६ सय ३९ बराबर छ ।
कुल १३ उपसमूहको सेयर मूल्यमा नै वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड ९६ लाख ४३ हजार २ सय ७५ रुपयाँको कारोबार भएको छ ।
हिमालयन डिस्टिलरी ८ करोड ९९ लाख पाँच हजार ८ सय ३३, ङादी ग्रूप अफ पावर ७ करोड ८३ लाख ४५ हजार ९ सय ६३, गोर्खाज फाइनान्सको २ करोड ५३ लाख १० हजार ७ सय ९१ र नेष्डो समृद्धि लघुवित्त २ करोड ४७ लाख २८ हजार ३ सय २७ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार, तारागाँउ रिजेन्सी होटल ९.८४, सप्तकोशी डेभलपमेन्ट बैंक ८.३९, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.२९, रिभर फल्स पावर ७.२५ र लिवर्टी इनर्जीका लगानीकर्ताले ६.६७ प्रतिशतले कमाएका छन् ।-






