नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । त्यसक्रममा उनले आज पनि आफ्नो निर्वाचन क्षेत्रका मतदतातसँग भेट गर्नुका उनीहरुका माग तथा गुनासा सुनेका छन् ।
उम्मेदवार थापा आज काठमाडाैं ४ मै पर्ने बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ मा: घरदैलो कार्यक्रम पुगेका हुन् । उक्त क्षेत्रमा थापालाई स्थानीयले हर्षित भएर स्वागत गरेका थिए । त्यसो त धरदैलो अभियानमा आएका प्रतिक्रिया हेर्दा थापाले भारी मतान्तरले चुनाव जित्ने देखिन्छ।






Artha Sanjal






