समृद्धि फाइनान्सले विविध कार्यक्रम गरी मनायो २१औँ वार्षिकोत्सव

मृद्धि फाइनान्सले २१ औँ वार्षिकोत्सव आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रम गरी मनाएको छ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भई कात्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गराएको थियोे। कात्तिक २५ गते नेपाल हाउस रेस्टुरेन्टमा कम्पनीका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा वार्षिकोत्सवमा मनाइएको थियो। कार्यक्रममा वार्षिकोत्सवका अवसरमा कम्पनीले ‘लोभलाग्दो ब्याज खाता’ सार्वजनिक गरेको छ। लोभ लाग्दो ब्याज खातामा उत्कृष्ठ ४ वटा खाताहरु सार्वजनिक गरिएको थियो। लोभ लाग्दो ब्याज खातामा अधिकतम १०% ब्याज भएको ‘नागरिक बचत खाता’, ३ महिने मुद्दति निक्षेपमा १३.२०% रहेको खाता, कल खातामा ४.५% ब्याज रहेको खाता र समृद्घि डबल धमाका, तेब्बर धमाका, पाँच गुणा र आठ गुणाको मुद्दति खाताहरु भएको ब्याज खाता योजना सार्वजनिक गरिएको हो।

यसैगरी १० वर्षभन्दा पुरानो ४ जना कर्मचारीलाई दीर्घसेवा पदकसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ। आफ्नो सबै शाखाका कर्मचारीलाई दिएको लक्ष्य पूरा गर्ने १३ जना कर्मचारीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ।

यसका साथै कम्पनीका सबै शाखाका ऋणीमध्ये १० जना उत्कृष्ठ ऋणीलाई सबै शाखामा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको जानकारी कम्पनीका कामु मुख्य व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *