पुलिस क्लबद्वारा मधेशलाई जीतका लागि दुई सय ७४ रनको लक्ष्य

प्रधानमन्त्री कप १ दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई जीतका लागि २७४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २७३ रन बनायो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।

आरिफले ७३ रन बनाए भने अमित श्रेष्ठले ६५ रनको योगदान दिए । दीपेन्द्रले ५१ जोडए । दिलीप नाथले ४० रन जोड्दा सुनिल धमला ११ रनमा आउट भए ।

मधेशका रुपेश सिंह र राजेश यादवले समान ३र३ विकेट लिए भने आदिल आलमले २ विकेट लिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *