घलेम्दी हाइड्रो ३.२७ करोड नोक्सानमा, प्रतिसेयर आम्दानी कति ?

घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

असोज मसान्तसम्म आईपुग्दा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ८.४७ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १ करोड ६५ लाख रुपैयाँमा झरेको छ।

गत असार १० गते गएको पहिरोले आयोजना बन्द हुँदा कम्पनीको नाफामा भारी गिरावट आएको कम्पनीले जनाएको छ । पहिरो खसेर पेनस्टक पाईपमा क्षति पुग्दा साउन र भदौमा पूर्ण रुपमा आयोजना बन्द भएको थियो । हाल आयोजनाको मर्मत कार्य पूर्ण भई भदौ २९ गतेबाट विद्युत उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ७ करोड ६६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि यही अवधिमा रिजर्भ ६ करोड ७४ लाख रुपैयाँले ऋणात्मक थियो।

प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५.९५ रुपैयाँले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.०६ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *