महालक्ष्मी विकास बैंक र कलेजहरुबीच सहकार्य गर्ने सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेसनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ।

हिमालयन ह्वाइट हाउस इनटरनेसनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर गरेका छन्।

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापश्चात बैंकले कलेजका विद्यार्थीका लागि Internship Opportunity, Job Fair Program, Banking Awareness Program, Guest Lecture Visit लगायत अन्य कार्यक्रम प्रदान गर्नेछ। यस किसिमको सहकार्यबाट कलेजका विद्यार्थी लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *