बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । आइतबार नेप्से ४३.२० अंकले बढेर १९६५ को उचाइमा पुग्दा कारोबार रकममा समेत वृद्धि भएको छ ।

डेढ अर्बभन्दा बढेको कारोबार भएको बजारमा १३ उपसमूहमध्ये १२ वटा सूचक हरियाली बनेको छ ।

आइतबार ४ वटा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तसहित मानुषी लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७८–७९ का लागि कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयर मूल्यमा उछाल आएको हो । संस्थाले गत आर्थिक वर्षका लागि ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, उन्नति सहकारी लघुवित्त सेयरमूल्य पनि ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।

त्यसैगरी, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, मनकामना स्मार्ट लघुवित्त, वीन नेपाल लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र जीवन विकास लघुवित्तका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *