लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिताको उपाधि सुरेन राणालाई

सुरेन राणाले सातौँ संस्करणको लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । किशोर बस्नेतसँग ४० स्टेबल फोर्ड अंकमा बराबरी भए पनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याए भने बस्नेतले २० अंकमात्र जोड्न सफल भए। बस्नेत उपविजेता बनेका छन्।

प्रतियोगिताभमा निश्चयजंग रायमाझीले ३७ ग्रस अंक बनाएर उत्कृष्ट ग्रसको अवार्ड जित्न सफल भएका छन् ।  महिलातर्फ गीता गुरुङ ३० अंकसहित विजयी भइन् भने सिनियर (६० वर्ष र माथि)तर्फ महेन्द्र मैनाली ३६ अंकका विजेता बनेका छन्।

लक्ष्मी बैंकका ग्राहकमध्ये आङ दोर्जी शेर्पा ३७ अंकका साथ विजयी भए। आइस्टिना टन्डनले ४१ अंक जोड्दै जुनियर ट्रफी जितिन्। क्याप्टेन नोर्बु शेर्पाले लंगेस्ट ड्राइभ, मिथुन राईले क्लोसेस्ट टु दि पिन र वाङ्चेन धोन्डुपले मोस्ट बर्डीको अवार्ड हात पारे।

विजयी खेलाडीलाई लक्ष्मी बैंकका अध्यक्ष रमन नेपाल, प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र जोसेफ नाथनलगायतले पुरस्कृत गरेका थिए।

लक्ष्मी बैंकले प्रायोजन गरेको प्रतियोगितामा ११३ खेलाडीको सहभागिता थियो। प्रतियोगिता स्टेबल फोर्ड ढाँचामा ३/४ ह्यान्डिक्यापमा खेलाइएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *