राधी विद्युतको हकप्रद सेयर बाँडफाँट, १३ लाख कित्ता लिलामीमा आउने

राधी विद्युत कम्पनीको १३ लाख कित्ता बढी सेयर लिलामीमा आउने भएको छ ।

कम्पनीले गत असोज ५ गतेबाट असोज २५ गतेसम्म चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा बिक्री नभएको १३ लाख ५२७ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको हो ।

कम्पनीले हिजो बिहीबार हकप्रद सेयर बाँडफाँड गरेको छ । जसमा रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ जना सेयरधनीलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले हदभन्दा बढी आवेदन दिएका सेयरधनीलाई बाँडफाँडमा नपरेको सेयरबापतको रकम आउँदो आइतबारदेखि बैंक खातामा फिर्ता गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *