सानिमा बैंकले गर्‍यो लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जसमा १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *