जावलाखेलमा सुरु भयो गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (फोटोफिचर)

ललितपुरमा आज (बिहीबार) देखि १५औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो।

प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेका छन् ।

मेलामा ८० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए। प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ। आइतबारसम्म चल्ने मेलामा विभिन्न प्रकारका फूलदेखि माटो गमला सजावटका सामग्रीसमेत राखिएको छ ।

पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ फ्लोरिकल्चरले हरेक वर्ष तिहारमा पुष्प मेला सञ्चालन गर्दै आईरहेको छ ।

बाहिरभन्दा ताजा नर्सरी पाइने भएकोले आफूले यहाँबाट नर्सरी खरिद गरेको कलंकीदेखि आएकी निर्मला पन्तले बताइन् । मूल्य भने बाहिर र भित्र खासै फरक नभएको उनी सुनाउछिन् । तर यहाँ फ्रेस नर्सरी पाइने उनले बताइन् ।

अन्य समयको तुलनामा दसैँ तिहारमा राम्रो व्यापार हुने मेलामा स्टल रहेको चम्पा खड्काका बताउँछिन् ।

४ करोडको लगानीमा ३ जनाले पार्टनरसिपमा सञ्चालनमा रहेको एग्रोभिजन हाइटेक नर्सरीको लगानी अहिले १४ करोड रुपैयाँ पुगिसकेको छ ।

एग्रोभिजन हाइटेक बुटवल, पोखरा, मोरङ झापा लगायत शहरहरुमा नर्सरी पठाउने गरेको छ ।  मुख्य गरी काठमाडौं उपत्यकामा नै बिक्री गर्ने गरेको उनी सुनाउँछिन् ।  ७० प्रतिशत बजार हिस्सा काठमाडौंले ओगटेको उनले बताइन् ।

मेलामै स्टल सञ्चालन गरेका हरि प्रसाद डंगोल यो मेलाले पुष्प व्यवसायलाई प्रवर्द्धन सहयोग पुर्याउने बताउँछन् । वर्षेनी भाग लिँदै आएका उनले मेलाले फूलको प्रजातिको बारेमा समेत जानकारी गराउने बताउँछन् ।

उनले १२/ १३ थरिको गोदावरी प्रदर्शनीमा राखेका छन् । नर्सरीको मूल्य १५० देखि ५५० रुपैयाँसम्म पर्ने उनी बताउँछन् ।

तस्बिरमा हेर्नुहोस् :-

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *