डेंगी संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु, संक्रमितको संख्या साढे ४१ हजार नाघ्यो

नेपालमा हालसम्म डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार यसवर्ष साउनयता ४९ जनाले ज्यान गुमाएका हुन् ।

महाशाखाका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४१ हजार ७४३ र मृतकको संख्या ४९ पुगेको छ । हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । डेंगी संक्रमितको संख्या सन् २००४ यताकै उच्च हो ।

काठमाडौं उपत्यकाका अधिकांशमा डेंगी संक्रमण भइसकेकाले अब उपत्यका बाहिरका केही जिल्लामा संक्रमितको संख्या उच्च हुनसक्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

उपत्यकाबाहिर गुल्मी, दार्चुला, संखुवासभा, कास्कीलगायतका २६ जिल्लामा संक्रमितको संख्या एक सयमभन्दा माथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *