एसियन गेम्समा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिमले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको दुवै खेलमा शानदार जित सहित क्वार्टरफाइनल पुगेको नेपालको प्रतिद्धन्दी भारत परेको हो ।

क्वार्टरफाइनलको ड्र अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो क्वार्टरफाइनलको रुपमा भारतसँगा खेल्नेछ । क्वार्टरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बंगलादेशले मलेसियासँग, श्रीलंकाले अफगानिस्तानसँग खेल्नेछ ।

नेपालले समूह चरण मंगोलियाविरुद्ध कीर्तिमानी २ सय ७३ रनको जित र माल्दिभ्सविरुद्ध १ सय ३८ रनको शानदार जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *