लघुबीमा कम्पनीको माग गर्दै ३१ कम्पनीले दिए आवेदन

लघुबीमा कम्पनीको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका छन् । बीमा समितिमा आवेदन दिने अन्तिम समयसम्ममा लघुबीमाको लाइेसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका हुन् ।

बीमा समितिले भदौ १० गते लघुबीमा कम्पनी स्थापना गर्न आवेदन माग गरेको थियो । न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याउन भन्दै समितिले लघुबीमा कम्पनी स्थापनाको कार्य अगाडि बढाएको थियो ।

जीवन लघु बीमा कम्पनीतर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन लघुबीमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्रीशक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।

निर्जीवनतर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बीमा रहेका छन् । यस्तै, केयर माइक्रो जनरल इन्स्योरेन्स ,स्टार माइक्रो, गण्डकी माइक्रो ,सिजी इन्स्योरेन्स, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नती र अल्फा एक्स्प्रेसको आवेदन परेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *