यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजनपछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्दै छ ।
नेपाल एसबीआई बैंकको बोनस सेयर समायोजनपछिको भाउ ३४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ पतिशत नगद लाभांश वितरण गर्दै छ ।
छिमेक लघुवित्तको समायोजनपछिको भाउ नेप्सेले १२ सय ४० रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ । गत आर्थिक वर्षको नाफाबाट संस्थाले २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन पतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्दै छ ।
गणपति लघुवित्तको समायोजनपछिको भाउ ११ सय ७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।