आज सेयर बजारमा दोहोरो अंकले बढ्याे, कारोबारमा सामान्य सुधार

आज सेयर बजार दोहोरो अंकले बढेको छ ।  आज नेप्से  १६.२९ अंकले बढेर १८५३.७६ को विन्दुमा बढेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले बढेर ३६३.४२ को विन्दुमा पुगेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ ।

यो दिन लघुवित्त समूह सर्वाधिक १.६५ प्रतिशतले उकालो लागेको छ । लगानी समूह १.४३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.०३ प्रतिशत, व्यापार समूहमा ०.०८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८८ प्रतिशत, विकास बैंक समूहमा १.१९ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, वित्त समूहमा ०.८८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२४ प्रतिशत, अन्य समूहमा ०.२३ प्रतिशत र म्युचुअल फन्ड समूहमा १.२६ प्रतिशतको बढोत्तरी भएको छ ।

आज जीवन बीमा समूहमात्रै ०.०६ प्रतिशतले ओरालो लागेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १७ लाख ९१ हजार ४८० कित्ता सेयर ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँमा किनबेच भएका छन् ।

नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक ४ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको २ करोड ६२ लाख रुपैयाँ, रिडी पावरको २ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ६३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५२ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको १ करोड २६ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड १६ लाख रुपैयाँ र सामलिंग पावरको १ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ ।  आज सामलिंग पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *