एसियन लाइफ इन्स्योरेन्सको एजीएमबाट १४.५ प्रतिशत बोनस सेयर पारित

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा बाराको सिमरास्थित क्लासिक प्लाजा होटलमा आज बिहीबार सम्पन्न भएको छ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपककुमार श्रेष्ठबाट पेस गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ। सभाले विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित नाफाबाट चुक्तापुँजी रु.२ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५० प्रतिशतले हुन आउने रु.३६ करोड ८२ लाख ७६ हजार ७५ दरले हुने बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसका साथै बोनस सेयरपश्चातको हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गरेको छ।

सभाले सञ्चालक समितिबाट प्रस्तावित ०.७६५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रु. १ करोड ९३ लाख ८२ हजार ९५१ प्रस्तावसमेत पारित गरेको छ।

कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृतिपश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पनि पारित गरेको छ।  सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ।

यसका साथै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ (एनएफआरएसबमोजिम) असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सोसम्बन्धी संलग्न अनुुसूचीहरुमाथि छलफलसहित पारित गरेको छ। आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुिक्त तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *